१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

तीन पटक धोका खाएका हितबहादुर तामाङ मन्त्रीमा नियुक्त, ५ बजे सपथ


२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका छन । केहीबेर अघि राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेको जानकारी दिँदै तीन जना नयाँ मन्त्रीको नियुक्तिका लागि सिफारिस गरेका छन ।

त्यसमा माओवादी केन्द्रका हितबहादुर तामाङसहित नेकप एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डिपी अर्याल रहेका छन । उनीहरूको सपथ साँझ पाँच बजेका लागि तोकिएको छ । उनीहरू सबैले मन्त्रीको मात्रै सपथ खाने र विभाग पछि तोकिनेछ ।

तीन पटक धोका खाएका हितबहादुर दोस्रो पटक मन्त्री बन्दै छन । माओवादी पोलिटब्यूरो सदस्य हितबहादुरले यसअघि तीन पटकसम्म झण्डै झण्डै मन्त्री भएर अन्तिममा हुन सकेका थिएनन् । वर्षामान पुन निकट रहेका तामाङको यसअघि युवा तथा खेलकुद मन्त्री भैसकेका नेता हुन ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १३:२६