२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

राष्ट्रिय सभाको बैठक स्थगित

२१ फागुन, काठमाडौं । सोमबार दिउँसो सवा १ बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक स्थगित भएको छ । अर्को बैठक फागुन २४ गते दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको हो ।

विशेष कारणवश बैठक स्थगित हुन पुगेको संसद सचिवालयले जनाएको छ । यस्तै, सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि फागुन २४ गते सम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १३:०६