१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड शुक्रबार, साढे ९ लाख बढीको हात खाली हुने

२१ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते, शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान १० बजे  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको छ।

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता सेयर माग गरेका थिए । याे मागभन्दा १९.३२ गुणा बढी आवेदन हाे ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड गरिने छ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ५५ हजार ५२१ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।

प्रकाशित मिति : March 4, 2024 at 11:48 am