१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार बन्द


२१ फागुन, काठमाडौँ । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको हो।

यसअघि कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट लगाएर २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । अब ४० मिनेटपछि खुल्ने बजार फेरि ६ प्रतिशतले बढेमा आज दिनभरका लागि कारोबार बन्द हुने छ । नेप्से ९८.६९ अंकले बढेर २०५९ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:३०