१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सबै मन्त्री हटाउने तयारी, आजै सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन हुने

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपा सहितको नयाँ सरकार बनाउने भएपछि अहिले भएका मन्त्री सबैलाई हटाउने र नयाँ सानो मन्त्रिमण्डल गठन गर्ने भएका हुन् ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १०:३९