बालुवाटारमा ओलीको एकैदिन तेस्रो इन्ट्री विष्णु पाैडेलसहित, प्याकेजमा सहमतिको प्रस्ताव
२० फागुन, काठमाडौँ । नेकपा एमालेले माओवादी केन्द्रसँग संक्रमणकालीय न्याय ढुंग्याउने विषयमा प्याकेजमै सहमति गर्न नेकपा एमालेले प्रस्ताव गरेको छ । आइतबार तेस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो प्रस्ताव गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
बिहान एक्लै गएका ओली दिउँसो महासचिव शंकर पोखरेल बोकेर पुगेका थिए भने साँझ उपाध्यक्ष विष्णु पौडेलसहित पुगेका थिए। आइतबार जनकपुरमा ओलीका लागि तयार पारिएको दुई सय किलोको माला उनै पौडेलले लगाएर आएका थिए । शीर्ष नेताहरूको बीचमा संक्रमणकालीन न्यायसहितको विषयलाई प्याकेजमै टुंगाउने बारेमा छलफल भएको भए पनि ठोस निर्णय भने केही भएको छैन ।
केही दिन अघिदेखि नै दोस्रो तहका नेताहरूको बीचमा नयाँ गठबन्धनको कुरा भैरहेको भए पनि शीर्ष नेताको बीचमा एक्लाएक्लै र सामूहिक रूपमा आइतबार तीन पटकसम्म कुरा भएको छ। एमाले नेताहरू अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलमा जुटेका छन । रातभरीमा एकखालको सहमतिको खाका तयार हुने केही नेताले दाबी गरेका छन। यद्यपी प्रचण्डले नयाँ गठबन्धन बनाउने कुरामा एमालेका कतिपय नेताले शंकाको नजरले हेरेका छन ।
प्रकाशित मिति : March 3, 2024 at 11:38 pm









