२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यकै भर !

२० फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते शुक्रबार बाँडफाँड  गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल अनुसार कम्पनीको आईपीओ शुक्रबार बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीकाे प्री–अलोटमेन्ट आज फागुन २० गते सम्पन्न भएको छ ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर हात पार्न भाग्यकै भरपर्नु पर्ने देखिन्छ । कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियाे । अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ता सेयर माग गरेका थिए । याे मागभन्दा १९.३२ गुणा बढी आवेदन हाे ।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गाेलाप्रथाबाट बाँडफाँड  गरिने छ । गाेलाप्रथाबाट गर्दा बाँडफाँड ५५ हजार ५२१ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।

प्रकाशित मिति : 18:08