२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

शालिनको बलात्कार देखिएन, झुण्डिएर मृत्यु भएको पोष्टमार्टम रिपोर्ट

१८ फागुन, काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । पोष्टमार्टम रिपोर्टअनुसार शालिनको बलात्कार नभइ  झुण्डिएर मृत्यु भएको देखिएको छ ।

फागुन १२ गते बिहान बोर्डिङको होस्टलमा शालिन मृत फेला परेकी थिइन्। मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै छानबिनको माग गरेको थियो ।

प्रकाशित मिति : March 3, 2024 at 2:27 pm