१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमालेका अध्यक्ष ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डले गरे छुट्टाछुट्टै छलफल

२० फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै  छलफल गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहान बालुवाटारमा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विधाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग छुट्टाछुट्टै छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १२:३९