७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

पिपुल्स पावरलाई हकप्रद सेयर निष्काशन गर्न आयोगले दियो अनुमति

२० फागुन, काठमाडौँ । विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न आयोगबाट अनुमति पाएकाे हाे ।

आयोगले फागुन १५ गते कम्पनीलाई सो अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो। अब कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

प्रकाशित मिति : March 3, 2024 at 10:05 am