१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अपर हेवाखोला हाइड्रोले बोलायो साधारण सभा, बुक क्लोज मिति तय


१८ फागुन, काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत १६ गते १२ औं साधारण सभा बोलाएको हो । कम्पनीले गत आर्थिक बर्षका लागि कुनै प्रकारको लाभांश घोषणा गरेको छैन ।

सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गरिनेछ ।

यस्तै सभाले चालु आर्थिक वर्ष २०८०/०८१ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २४ गते एक दिका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १०:३१