८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रिडी पावरको हकप्रद बिक्री खुला, माघ २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीले भर्न पाउने

१८ फागुन, काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडले आज (फागुन १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५४ करोड ४९ लाख १ हजार २०० रुपैयाँबराबरको १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्कासन गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : March 1, 2024 at 9:24 am