२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

पूर्णरुपमा टिकटक बन्द गर्न सकिएनः मन्त्री शर्मा

१७ फागुन, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्णरुपमा टिकटक बन्द गर्न नसकेको बताएकी छिन । बिहीबार काठमाडौँमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपनि पूर्णरुपमा बन्द गर्न नसकिएको बताएकी हुन् ।

मन्त्री शर्माले भनिन्,‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त गर्यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ ।’

गत कात्तिकदेखि सरकारले नेपालमा टिकटक बन्द गरेको थियो । तर, कतिपय इन्टरनेट सेवाप्रदायकले अझै इन्टरनेट मार्फत टिकटक बन्द गरेका छैनन भने केहीले भिपिएनको मध्यमबाट पनि टिककट चलाइरहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १४:०९