१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

एमाले ‘मिसन-८४’ काे लक्ष्य बनाएर अघि बढेको छः अध्यक्ष ओली

१६ फागुन, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन-८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन्। उनले एमाले ‘मिसन ८४’ अर्थात् २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको बताए ।

बुधबार विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सो धारणा राखेका हुन्। उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप समेत लगाए।

उनले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताए। ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : February 28, 2024 at 5:00 pm