शर्मिला वाइवा पक्राउ
१६ फागुन, काठमाडाैं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। उनलाई सिन्धुपाल्चोक प्रहरीले कुटपिट तथा अङ्गभङ्ग मुद्दामा बुधवार पक्राउ गरेको हो।
काठमाडौं प्रहरीले वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेकाे हाे । केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङसहितले पवन खतिवडा (म्याकुरी)काे घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारभरी चोटपटकसहित पवनले पत्रकार सम्मेलन समेत गरेका थिए । पवन र उनकी पत्नी सुम्निमाकाे बिचमा विवाद चलिरहेको छ ।
प्रकाशित मिति : February 28, 2024 at 4:40 pm









