२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

काठमाडौंका यी क्षेत्रमा एक साता विद्युत् सेवा अवरुद्ध हुने (सूचीसहित)

१६ फागुन, काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा एक साता विद्युत् सेवा अवरुद्ध हुने भएको छ । महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले आजदेखि एक सातासम्म विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार फागुन २२ गतेसम्मका लागि विद्युत् सेवा अवरुद्ध हुनेछ । आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा आज विद्युत् सेवा उपलब्ध हुने छैन ।

फागुन १७ गते बिहीबार सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रहरूमा बत्ती जानेछ। फागुन १८ गते शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरूमा बत्ती जाने प्राधिकरणले जनाएकाे छ । त्यस्तै, फागुन १९ गते शनिबार हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचनामार्फत् जानकारी दिएको छ।

फागुन २० गते आइतबार एभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी सम्मको क्षेत्रमा आपूर्ति प्रणाली बन्द हुनेछ भने फागुन २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : February 28, 2024 at 1:51 pm