१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

सर्वोत्तम सिमेन्टको आईपीओमा बुधबारसम्म कति पर्यो आवेदन ?

१६ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आज बुधबार बिहानसम्म मागभन्दा १५.३२ गुणा बढी आवेदन परेको छ। सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बिहान साढे १० बजेसम्ममा कम्पनीकाे ७ लाख ९९ हजार ९६२ जना आवेदकबाट १५ अर्ब ४१ करोड १० लाख ९० हजार ४४७ रुपैयाँ बराबरको ४ कराेड २७ लाख १ हजार ८३० कित्ता सेयर खरिदको लागि आवेदन परेकाे छ ।

कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : February 28, 2024 at 11:39 am