१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

९ ठेकेदार कम्पनी कालोसूचीमा


१५ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । संघीय तथा स्थानीय तहबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेमा मजदुर कन्स्ट्रक्सन प्रालि (सुर्खेत), खम्पाचे शेर्पा निर्माण प्रालि (काठमाडौं) र इन्द्रपुरी कन्स्ट्रक्सन फर्म (पोखरा) रहेका छन् । त्यसैगरी रुपन्देही बिल्डर्स एन्ड कन्स्ट्रक्सन (काठमाडौं), प्राकृतिक निर्माण प्रालि (रुपन्देही), कश्यप निर्माण सेवा तथा सप्लायर्स (काठमाडौं) समिर कन्स्ट्रक्सन (नवलपरासी रहेका छन् । साथै, पुनः इन्द्रपुरी कन्स्ट्रक्सन (पोखरा), पारस बिल्डर्स एन्ड सप्लायर्स (काठमाडौं), प्रभु एन्ड सन्स निर्माण सेवा (सुनसरी) र न्यू मालिका निर्माण सेवा (गुल्मी) रहेका कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयकाअनुसार यी निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ११:५६