८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

एक बैंकको ९.५० प्रतिशत बोनस सेयर हितग्राही खातामा

१५ फागुन, काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरेको छ। बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बाेनस सेयर बैंकले सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो।

हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी हितग्राही खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ।

प्रकाशित मिति : February 27, 2024 at 9:26 am