२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

लघुवित्तका पीडित संसद भवन परिसर प्रवेश गरेकोबारे छानबिन गर्न समिति गठन

१४ फागुन, काठमाडौं । बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेकाे छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमै कार्यरत डिएसपी दिनेश घिमिरे सदस्य छन्। सोमबार दिउँसो लघुवित्त पीडितहरू संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १७:५३