२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

बारामा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, ५ जना घाइते

१४ फागुन, काठमाडौं । बारा निजगढको एक वर्कसपमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । भने पाँच जना घाइते भएका छन् ।

बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किँएकाे हाे । मृत्यु हुनेमा निजगढ–५ का ४५ वर्षीया रेशम मगर रहेका छन् ।  मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटबाट सूर्यबहादुर थापा, फिरोद देवान, रितु रजत, राकेश जयसवाल र अरविन साह घाइते भएका छन् । उनीहरूको वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १७:०४