२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बैंकलाई कुनै हालतमा पनि डुब्न दिँदैनौंः गभर्नर अधिकारी

१४ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा समस्या आउदा बैंकहरूमा पनि समस्या आएको बताएका छन्। सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’विषयक अन्तरक्रियामा बाेल्दै गभर्नर अधिकारीले यस्ताे बताएका हुन् ।

गभर्नर अधिकारीले सहकारीको रिपेमेन्ट घट्दा त्यसले बैंकमा पनि असर परेको बताए। उनले भने, ‘सहकारीमा समस्या परेपछि बैंकको रिपेमेन्टमा समस्या परेको छ, अहिले सहकारीको १० प्रतिशत समस्या समाधान गरे बाँकी सहकारीको समस्या समाधान हुन्छ ।’

अधिकारीले नेपालका बैंक डुब्ने अवस्थामा नरहेको जनाउँदै कुनै हालतमा पनि बैंकहरूलाइ डुब्न नदिने बताए । ‘नेपालका कुनै पनि बैंक डुब्ने अवस्थामा छैनन्’ गर्भनर अधिकारीले भने ‘सर्बसाधारणकाे निक्षेंप डुब्न दिदैनौं।’

प्रकाशित मिति : February 26, 2024 at 4:52 pm