नेप्सेमा थप ७ लाख ९६ हजार कित्ता बोनस सेयर सूचिकृत
१४ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोमबार राधि जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ९६ हजार ९०.४१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १५:५४