सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१४ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा पुगेको छ।
साेमबार सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । कम्पनीको आज ९ करोड ७१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख ३ हजार रुपैयाँ, शिवम् सिमेन्टको ६ करोड ६७ लाख ६७ हजार रुपैयाँ, गाेर्खाज फाइनान्सको ६ करोड २६ लाख ६४ हजार रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १८ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १५:२३