१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

रवि लामिछानेको प्रश्नः विवादित मन्त्रीहरुलाई सदनमा आएर जवाफ दिन के ले रोक्यो ?

१४ फागुन, काठमाडौँ । राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिन केले रोकेको भन्दै प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हो भने संसदमा आएर जवाफ दिनुपर्ने बताए ।

सभामुखले पटक–पटक रुलिङ गरेको भन्दै उनले मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न गरे । ‍ ‘सभामुखबाट रूलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरूले आफूमाथि लागेका गम्भीर आरोपका विषयमा सदनमा आएर उभिएर जवाफ दिन निमित्त रोकेको छ केले?,’ उनले प्रश्न गरेका छन्, यदी आफूमाथि उठेका कुराको यथ्यष्ट आधारहरू छन् भने ती आरोप या विषयहरू निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यसबारे भन्नका लागि सरकारलाई केले रोक्यो ?’

लामिछानेले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको बताए । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १३:२३