१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माथिल्लो मैलुङ खोला जलविद्युतका महा–प्रबन्धक प्रसाईले दिए राजिनामा


१४ फागुन, काठमाडौँ ।  माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईले राजीनामा दिएका छन् । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत समेत गरेकाे छ ।

प्रसाईको राजीनामा फागुन १३ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । साथै, बैठकले महा–प्रबन्धकको नियुक्ती नभएसम्मका लागि संचालक समितिको तर्फबाट संचालक सदस्य अजय कार्कीलाई महा–प्रबन्धकको अख्तियारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १३:०२