२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

१४ फागुन, काठमाडौं । विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेपछि सदन सुचारु भएको छ ।

आइतबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक (१८ फागुन)मा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् । याेसँगै संसदको अवरोध हटेको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १२:३७