१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा आयोजना हुने

१३ फागुन, काठमाडौँ। सेलिब्रेटी नेपालको आयोजनामा हुने तेश्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) आगामी वैशाख महिना रामेछाप नगरपालिकामा आयोजना हुने भएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् ।

महोत्सवमा सहभागीता जनाउन चाहनेहरुको लागी दर्ता पनी खुल्ला गरिएको महोत्सव अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रबर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने यो महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरुको सहभागीता रहनेछ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्मलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रबर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । महोत्सव पहिलो बर्ष गोरखा जिल्लाको लाप्राकमा र दोश्रो पटक काभ्रे जिल्लाको भकुन्डेबेसीमा सम्पन्न भएको थियो। तेश्रो संस्करणको जागरुक युवा क्लब रामेछापले स्थानीय ब्यबस्थापन गर्नेछ भने कार्यक्रम संयोजक चलचित्र निर्देशक कमल एक्चै मगर रहेका छन्।

प्रकाशित मिति : February 25, 2024 at 5:33 pm