मलेसियाका लागि भिसा स्ट्याम्पिगं शुरु भएको छैन, भ्रममा नपर्न श्रम मन्त्रालयको अाग्रह
६ मंसिर, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाका लागि कलिगं भिसा अाएकाहरूको हकमा भिसा स्ट्याम्पिगं शुरु भएको भन्ने भ्रमको पछि नलाग्न सम्बन्धित सबैमा अाग्रह गरेको छ । केही व्यक्ति तथा समुहले सामाजिक सञ्जालमा मलेसियाका लागि कलिगं भिषा आएकाको हकमा भिषा स्ट्याम्पिगं शुरु भैसकेको भन्ने खालका अनर्गल प्रचार गरेपछि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा नारायण रेग्मीले भ्रमको पछि नलाग्न अाग्रह गरेका हुन ।
प्रवक्ता डा रेग्मीले त्यस्ता गलत सुचना प्रवाह गरिएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै कलिगं भिषा आइसकेका मात्रै नभएर नयाँ कामदार जाने हकमा पनि दुवै सरकारले आवश्यक सबै प्रक्रिया पुरा गरेपछि सरकारले सार्वजनिक सुचना जारी गरेरै सबैलाई जानकारी गराउँने बताएका छन ।

साथै उनले नेपाल सरकार र मलेसिया सरकारबीच भएको ऐतिहासिक श्रम समझदारी पछि सहमती भएका विषयलाई प्रक्रियागत हिसाबले अन्तिम टुंगो लगाउने काम भैरहेको बताएका छन ।
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ०५:०५












