सन नेपाल लाइफ इन्स्योरेन्ससहित आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१३ फागुन, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार २६.८१ अंकले घटेर १९७९.०२ को विन्दुमा बन्द भएकाे छ ।
आइतबार सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज कम्पनीको २५ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको ११ करोड ३ लाख ८५ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ११ करोड १ लाख ५५ हजार रुपैयाँ, गाेर्खाज फाइनान्सको १० करोड ७५ लाख ८८ हजार रुपैयाँ र ङादी ग्रुप पावरको ८ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १५:१०