२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

सरकारले मिटरब्याज पीडितलाई वार्तामा बोलायो

१३ फागुन, काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई वार्तामा बोलाएको छ । देशका विभिन्न भागबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई वार्तामा आउन आग्रह गर्दै पत्र पठाएको हो ।

मन्त्रालयले आज मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाएको हो । मन्त्रालयले वार्तामा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : February 25, 2024 at 1:58 pm