२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

इलाम २ र बझाङ १ को उपनिर्वाचनको मिति तोक्दै निर्वाचन आयोग

१३ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले इलाम-२ र बझाङ-१ मा गर्न लागिएको उपनिर्वाचन मिति तोक्ने भएको छ। उपनिर्वाचनको मितिबारे निर्णय लिनका लागि आयोगको पदाधिकारी बैठक आइतबार बस्दैछ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन मिति आइतबार तोकिन लागेको हो।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ । त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि निधन भएको थियो। सरकारसँगको परामर्शको आधारमा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १२:३६