२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

आजदेखि नारायणगढ–मुग्लिन सडक २४ घण्टा नै खुला हुने

१३ फागुन, काठमाडौँ । आजदेखि नारायणगढ–मुग्लिन सडक  २४ घण्टा नै खुला हुने भएको छ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न दैनिक दिउँसो चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि खुला गरिएको हो ।

पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि नागढुङ्गा–मुग्लिन सडक खण्ड बन्द नगर्ने निर्णय गरिएको हो । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न गत वर्षको पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १२:२६