२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

११ फागुन, काठमाडौँ । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । अमेरिकामा उनले पहिलो सन्तान छोरीलाई जन्म दिएकी हुन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ ।

सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १६:३६