२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

बागमती प्रदेशसभाको बैठक आह्वान

११ फागुन, मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेकाे प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार १५:२०