४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अन्तिम कारोबारको दिन यस्तो छ सुनको मूल्य


११ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ११:०४