२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ गते

१० फागुन, मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे  बस्ने बताएका छन् । उनले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

सभामुख पाठकले प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक एवं राष्ट्रिय महत्वको विषयमा कार्यसुची तयार गर्न फागुन १३ गते अपरान्ह् २ बजे संसद्मा रहेका सत्ता पक्ष र प्रतिपक्ष दल सम्मिलित सर्वदलीय बैठकको आयोजना गरिने भएको जानकारी दिए ।

उनले प्रदेशसभाको बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र राष्ट्रिय सरोकारका विषय संसद्को विभिन्न समितिमा छलफलका लागि पठाइएको बताए । विधेयकमाथि छलफल भई प्रतिवेदनका रुपमा तयार भएका विधेयकलाई बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्न फागनु १४ गते दिउँसो १ बजे प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठकको आह्वन गरिएको सभामुख पाठकले जानकारी दिए  ।

गत असोज २२ गते बागमती प्रदेशसभाको १२औँ अधिवेशन बैठकले दुई विधेयक पारित गरी गत असोज २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिनको राति १२ बजेदेखि संसद्को १२औँ अधिवेशन अन्त्य गरेका थिए ।

प्रकाशित मिति : February 22, 2024 at 8:57 pm