८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

नेप्से घटेपनि बढ्यो कारोबार रकम, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

१० फागुन, काठमाडाैँ । साताको आन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा बन्द भएकाे छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर बिहीबार पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज पनि  हिमालयन रि इन्स्योरेन्सकाे सर्वाधिक कारोबार भएकाे छ । कम्पनीकाे यस दिन १४ करोड ८७ लाख ९७ हजार रुपैयाँ बराबरको काराेबार भएकाे हाे ।

प्रकाशित मिति : February 22, 2024 at 3:24 pm