५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत

१० फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा घलेम्दी हाइड्रोको हकप्रद सेयर र मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद बापतको १ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

त्यस्तै,नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस बापतको ९ लाख ६४ हजार ९५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।सूचीकृतपश्चात् उक्त बैंकको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १२:२३