५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० फागुन, काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन १० गते बिहीबार अन्तिम दिन रहेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि भोली फागुन ११ गते शुक्रबार बुक क्लोज गर्दैछ भने स्वरोजगार लघुवित्तले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्दै छ । फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार हुँदैन । यसर्थ यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सोही लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी जम्मा ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सोही लाभांश पारित गर्न कम्पनीले फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजे वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार ०९:१०