२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ घाइते

९ फागुन, अछाम । अछाममा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक आज विहान जिप दुर्घटना भएको हो ।

से १ ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए । घाइते १४ जनाको बयालपाटा अस्पतालमा उपचारको भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १३:४६