२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

सीतापाइलामा परिवारका तीन जनाको हत्यापछि राजुको आत्महत्या, कारण खोज्दै प्रहरी


९ फागुन, काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकामा सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले परिवारका तीन सदस्यको हत्या गरेर आफूले आत्महत्या गरेका छन । महानगरीय  प्रहरी वृत्त स्वयम्भुका प्रमुख डिएसपी पूर्णिमा कुमारी चन्दले बुधबार बिहान सीतापाइलमा तीन जनाको हत्या गरेर ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुन्डिएको अवस्थामा राजुलाई फेला पारेको जानकारी दिइन ।

राजुले किन हत्या र आत्महत्या गरे भन्ने विषयमा केही खुलेको छैन । राजुले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन । उनले आत्महत्या अघि आफ्नो सासु ससुरालाई हत्याको बारेमा जानकारी गराएको प्रहरीले बताएको छ ।

राजुले बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजित श्रेष्ठलाई फोन गरेर हत्याको बारेमा जानकारी दिएको र श्रेष्ठले प्रहरीले त्यसपछि खबर गरेको प्रहरीले बताएको छ । राजुको घरमा अन्य समयमा कुनै ठूलो झगडामा पनि यसअघि नभएको र उनले मदिरा सेवन समेत नगर्ने गरेका कारण किन हत्या र त्यसपछि आमत्महत्या गरे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सीतापाइलाका बद्रीप्रसाद बजाइँको घरमा बस्ने गरेका राजुले बिहान ७ बजेतिरै हत्या गरेको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १३:३६