६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

इपिएस मार्फत कोरिया पुगेका दीपक कार्कीको सुतिरहेकै अवस्थामा मृत्यु

५ मंसिर, काठमाडाैँ । दक्षिण कोरियाको ग्वाङ जु सी क्षेत्रमा सुतेकै अवस्थामा बुधबार एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर कटारीका दीपक कार्की रहेको कोरियाका लागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले बताएका छन ।

उनले के कारणले घटना हुन गयो भन्ने विषयमा आधिकारिक जानकारी नआएको र घटनाबारे कार्कीको परिवारलाई जानकारी गराएको बताए । कार्की ६ महिनाअघि मात्र इपिएसमार्फत दक्षिण कोरिया आएका थिए। उनी कोरियाका स्ट्रवेरी उत्पादन गर्ने कम्पनीमा कार्यरत थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १३:१२