१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


८ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ को विन्दुमा बन्द भएकाे छ ।

मंगलबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ७३ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, साना किसान लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरको १२ करोड ४० लाख १८ हजार रुपैयाँ, जोशी हाइड्रोपावरको ८ करोड २० लाख ७७ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ४ लाख ४९ हजार रुपैयाँ र दोर्दी जलविद्युत कम्पनीको ५ करोड ५९ लाख ६४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १५:१२