सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै अम्बे स्टील्स
८ फागुन, काठमाडाैँ । अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न फागुन २३ गते साधारणसभा बोलाएको छ ।
सभामा प्रिमियम मूल्यमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो कार्यको लागि सम्पूर्ण अधिकार सञ्चाल समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव र आईपीबाट प्राप्त रकमको उपयोगको प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । कम्पनीले टिएमटी छड, जिआई तार, ग्याबियन बक्स लगायतका निर्माण सामग्री उत्पादन गर्दै आएको छ ।
प्रकाशित मिति : 11:12









