सुनसरीका हुसेनकोको हत्या अारोपमा ६ जना भारतीय नागरिक पक्राउ
५ मंसिर, सुनसरी । प्रहरीले सुनसरीमा ‘मर्निङ वाक’ मा निस्किएका जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशंकामा ६ जनालार्इ पक्राउ गरेको छ । पक्राउ परेका सबै भारतीय मूलका र जय बाबा इँटा उद्योगकै कामदार र सक्युरिटी गार्ड रहेका प्रहरीले जनाएको छ ।

सुनसरीको दुहबी–९ मा सञ्चालित उद्योगका सुपरभाइजर हुसेनमाथि बुधबार बिहान गोली प्रहार भएको थियो । हत्याको आशंकामा ६ जना पक्राउ परेको र सबै भारतीय मूलका नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १२:५८












