१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

७ फागुन, काठमाडाैँ। कामना सेवा विकास बैंकले ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।

उक्त मोड्युल सार्वजनिक भए सँगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु नपर्ने बैंकले जनाएको छ । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भएता पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।

उक्त प्रविधिलाई थप परिष्कृत बनाउदै ग्राहकहरुले अनलाईन खाताखोल्ने क्रममा बैंक प्रतिनिधीसँग आफुलाई पायक पर्ने समय तय गरेर बा अनलाईन खाताखोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने बैंकले जनाएको छ ।

यो सुविधाप्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाताखोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकले यो व्यवस्थाल्याएसँगै स्वदेश तथा विदेशमा रहेकाले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने जनाएको छ । बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो सेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

कामना सेवाविकास बैंकले देशकाविभिन्न स्थानमा रहेका १३५ संजालतथा७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधाप्रदानगर्दै आईरहेको छ ।

प्रकाशित मिति : February 19, 2024 at 2:03 pm