१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

प्रचण्डले बर्खास्त गर्नुअघि नै प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने तयारी

६ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई प्रधानमन्त्री प्रचण्डले बर्खास्त गर्नुअघि नै सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ ।

गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टी उपाध्यक्ष प्रमेश हमालले  बताएका छन ।

जाँचबुझ आयोगले मन्त्री ज्वालासहित तीन जनालाई दोषी ठहर गरेपछि ज्वालालाइ राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएको हमालले बताएका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार २०:५२