१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आइताबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता


६ फागुन, काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइताबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइताबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.४२ को विन्दुमा बन्द भएकाे छ ।

आइताबार सबैभन्दा बढी हिमालयन रि इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ, जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ, सगरमाथा जलविद्युत कम्पनीको ९ करोड २७ लाख ९३ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको ७ करोड ६१ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार १५:०९