२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

तीन मन्त्रीलाई बर्खास्त गर्न प्रतिपक्षीको माग, बर्खास्तगीको आवाज संसदमै गुन्जियो

६ फागुन, काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले लगायतका विपक्षी दलहरूले तीन मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन । अाइतबारको संसद बैठकमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल र प्रतिपक्षी दलका नेताले स्वास्थ्य, पर्यटन र भाैतिक पूर्वाधारमन्त्रीलाई बर्खास्तल गर्न माग गरेको हो ।

एमाले सचेतक महेश बर्ताैलाले तीन मन्त्रीलाई तत्काल बर्खास्त गर्न संसद मार्फत सरकारको ध्यानाकर्षण गराए । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादु बस्नेत टेरामक्स घोटलामा मुछिएको, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले तीन वटा महत्वपूर्ण विमानस्थलहरू भारतलाई बेच्न खोजेको र लुम्बिनीको जग्गा प्रधानमन्त्री प्रचण्डको घरबेटीलाई बच्ने तयारी गरेको र भाैतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको उत्तेजनाले बालकुमारीमा दुइ जना युवाको हत्या भएको भन्दै प्रतिपक्षी दलहरूले उनीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन ।

एमालेका सचेतक महेश बर्तौलाले संसदमा भने ‘उहाँको क्याविनेटमा भएको एक जना मन्त्री भ्रष्टाचारको आरोप लागेर, भ्रष्टाचारको आशंकामा, आर्थिक अनियमितताको आशंकामा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानको प्रक्रियामा जोडिनु भएको र उहाँले बयान दिएर आएको कुरा हामीले थाहा पायौं । भ्रष्टाचारको आशंका गरिएको मन्त्रीलाई देशको मन्त्रीको रुपमा राखेर प्रधानमन्त्रीज्यूको सु्शासनको सुगा रटाइ भाषण सुन्न हामी तयार छैनौं ।’

प्रकाशित मिति : 12:33